काठमाडौं,साउन २५
निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको डीडीए गर्ने स्वदेशी कम्पनी नभेटिएपछि ठूला करदाता कार्यालयले अन्तराष्ट्रिय कम्पनीका लागि आवेदन खोल्ने भएको छ ।कर सम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न स्वदेशी फर्म तथा कम्पनीहरुलाई आवेदन खुल्ला गरेको थियो । तर तोकिएको समय अर्थात शुक्रबारसम्म एउटा पनि नेपाली फर्म तथा कम्पनीहरुले आवेदन नदिएपछि विदेशी कम्पनी डाँकिने भएको हो ।
ठूला करदाता कार्यालय स्रोतले भनेको छ ‘हामीले तोकेको मापदण्ड पुरा गरेका कम्पनी नेपालमा रहेनछन्, त्यसैले एउटा पनि आवेदन परेन्, अब अन्तराष्ट्रिय आवेदन खोल्छौं, त्यसमा जेभी गरेर नेपाली कम्पनी पनि सहभागी हुन पाउनेछन ।’
टेलियो सोनेरा र एक्जिएटाबिच भएको खरिद बिक्रिको सम्झौता पत्र सरकारलाई बुझाउन अटेर गरेपछि कार्यालयले आफैं डीडीए गराउन लागेको हो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ ।एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ ।
(विकास न्युजबाट)