वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार

१० मंसिर ७८, शनिबार

११ मंसिर, काठमाडौँ।

Advertisement

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन् ।

यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा शुक्रबार सरोकारवालाहरूसँग यहाँ भएको छलफलमा उनले विदेशमा श्रम गरेर फर्केकाहरूलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए ।

Advertisement

वैदेशिक रोजगार व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने दृढता व्यक्त गरे । उनले ‘भिजिट भिषा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी पनि दिए।

कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिनेमा जोड दिँदै उनले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको विकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृत्यु, घाइते, अङ्गभङ्ग हुनेलगायत श्रमिकले झेल्नु परेका समस्या, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापना अपरिहार्य भएको बताए ।

Advertisement

छलफलमा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top