एमाले महाधिवेशन : रक्सी खाएर प्रचार गरे उम्मेदवारी रद्द हुने

 ११ मंसिर,  चितवन ।

Advertisement

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाद्वारा जारी आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने १२ वटा आचारणहरु सार्वजनिक गरिएको छ।

Advertisement

आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गरेसम्मको व्यवस्था रहेको छ ।

Advertisement

आचारसंहितामा भनिएको छ, ‘निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्नेछ ।’

अधिवेशनमा ज्याकेट, टिसर्ट, ट्रयाकसुट, डटपेन, टोपी, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुने खालको सामाग्री, बोर्ड, तुल–व्यानर, ब्रुसर, गम्छा लगायतका निर्वाचनलाई प्रभावित पार्ने कुनैपनि सामग्रीहरु वितरण गर्न नपाईने आचारसंहितामा उल्लेख छ ।

आचारसिंहता:

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top