×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउनुस् : मन्त्री श्रेष्ठ

११ मंसिर २०७८

११ मंसिर, काठमाडाैँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसूट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए।

मन्त्री श्रेष्ठले भने, ‘श्रमीक क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन । तपाईहरुले देख्नुभएको पनि छ बीचमा ताहाचलमा वैदेशिक रोजगार जाने सिलसिलामा कत्रो भीड थियो, तपाई भोलि हेर्न जानुहोस् । त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ । यो धेरै गर्न सक्ने कामहरु तपाईहरुको आशिर्वादले भएको हो । म एक्लैले गर्न सक्ने केही पनि होइन । सबैको सहयोग भयो भने हामी पक्कै पनि गर्नेछौँ । गर्न सक्छौँ । त्यसैले आज २१ वटा संस्थाहरु मजदुर साथीहरु, दिनरात नभनिकन कल्पना गर्नुस् न । देख्दा सानो छ कार्यक्रम तर तपाईहरु जस्तो संस्थाले मजदुरको मेहेनतले हामी केही राहत भने पनि महशुस गरिरहेका छौँ । ल तपाईहरु १५ दिन काम नगर्नुस् त यहाँ कस्तो फोहोर हुन्छ । यो महत्व राज्यले पनि दिनुप¥यो । समाजले पनि दिनुप¥यो, त्यही अनुसार तपाईहरु पनि अघि बढ्नुप¥यो । र नेपाल सरकारको तर्फबाट विशेष गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट तपाईहरुका कुनै समस्या छन् केही गर्नुपर्ने भन्नुहोस्, आज सामाजिक सुरक्षा कोषको वार्षिकोत्सव पनि छ । मजदुरहरुको विषयमा पनि समस्या लिएर आउनुस् । राम्रा कुरा पनि नराम्रा कुरा पनि लिएर आउनुस् । दुःखका सुखका कुरा पनि लिएर आउनुस्, के गर्न सकिन्छ हातेमालो गरेर अघि बढ्नको लागि म सधैँ तयार छु ।’

Advertisement

मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए । मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिव ७ सय भन्दा बढी श्रमीकहरुलाई ट्रयाकसूट वितरण गरेको हो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top