ए डिभिजन लिग : ओलावालेको गोलमा मनाङको दोस्रो जित

११ मंसिर, काठमाडाैँ ।

शहीद स्मारक ए डिभिजन लिगमा मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० कै जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नु परेको थियो ।

विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन ।

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए । जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ ।

आजकाे पहिलो खेलमा च्यासलले विभागीय टोली एपीएफ फुटबल क्लबमाथि १–० गोलको नतिजामा जित निकालेको थियो । प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । राइट ब्याक कमल श्रेष्ठले दिएको पासलाई पेनाल्टी एरिया नजिकबाट प्रहार गर्दै बर्तौलाले सुन्दर गोल गरेका थिए ।

भोलि हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दशरथ रंगशालमा हुने उक्त खेल साँझ ४ः ४५ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top