नयाँ भेरियन्टबाट जोगिन अफ्रिकाबाट आउने यात्रुलाई अनिवार्य क्‍वारेन्टीन

१२ मंसिर, काठमाडाैँ ।

Advertisement

कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन राख्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रपक्ता कृष्ण प्रसाद पौडेलका जानकारी दिएका छन् ।

Advertisement

साथै ती यमात्रुमा संक्रमण देखिए नमुनाहरूको सिक्वेन्सिङ गरिने तयारी गरिएको छ । यसैबीच आज बस्ने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी बैठकले थप निर्णय गर्ने पनि उनले जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top