कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा हिंसात्मक प्रदर्शन

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, एजेन्सी ।
पाकिस्तानको पख्तुनख्वा प्रान्तस्थित चरसद्दा जिल्लाको तांगी क्षेत्रमा कुरानको अपमान गरेको भन्दै हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ।

Advertisement

पाकिस्तानको पत्रिका द डानका अनुसार आक्रोशित प्रदर्शनकारीले स्थानीय प्रहरी चौकीमा आगो लगाइदिएका छन्।

जहांगीर खान प्रहरी चौकीका एसएचओ बहराममन्द शाहले पछिल्लो केही समययता कुरानको अपमान गरेको अफवाह चलिरहेको थियो। प्रहरीले यस विषयमा एक युवकलाई पक्राउ गरी अनुसन्धान पनि सुरु गरेको छ।

Advertisement

यद्यपि एक युवक पक्राउ परेका समाचारसँगै प्रदर्शनकारीहरु चौकीअघि पुगेर पक्राउ गरेका युवक आफूहरुलाई सुम्पिनुपर्ने माग राखेका थिए। यो माग लिएर प्रदर्शनकारीले सुरुमा नाराबाजी गरिरहेका थिए । तर अचानक भिड आक्रोशित हुँदा उनीहरुले चौकीमा आगो लगाइदिएका हुन्।

अवस्था अनियन्त्रित भएसँगै चौकी खाली गरेका प्रहरीहरु त्यहाँबाट निस्किएका छन्। यद्यपि प्रहरीले पक्राउ गरेका युवकलाई सुरक्षित स्थानमा लगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top