कांग्रेस काठमाडौं सभापतिमा कृष्ण बानियाँ निर्वाचित

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरेका छन् ।

काठमाडौंमा यहाँका स्थायीबासी पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको थियो भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

यसअघि १३ औँ महाधिवेशनमा देउवा–सिंह गठबन्धनबाट सबुजकृष्ण बानियाँ जिल्ला सभापति बनेका थिए । त्यसबेला थापा पनि सिटौला समूहमै थिए । यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भएका छन् ।

पदाधिकारीमा पनि बानियाँ प्यानल नै विजयी भएको हो । देउवा–सिटौला समूहले सभापतिमा उपेन्द्र कार्की, उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ ।

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top