कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

Advertisement

कलाम ९२८ मत पाएर विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी देउवा पक्षीय राजेश आर्चायले ८१९ मत पाए । कलाम १०९ मतान्तरले सभापतिमा विजयी भएका हुन् ।

यस्तै उपसभापतिमा रजतराज आर्चाय र हुमकान्त खनाल विजयी भएका छन् । सचिवमा खोम बहादुर सिहं ठकुरी (शक्ति) र प्रेम रायमाझी विजयी भए । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र मो। वजिह अरसद (ओ.जी) विजयी भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top