डिजल बोकेको ट्यांकर पल्टिनासाथ तेल थाप्न स्थानीयको भिड

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, दाङ ।
२० हजार लिटर डिजल बोकेको एक ट्यांकर घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक दुर्घटनाग्रस्त भएको छ ।

Advertisement

डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ । लगत्तै डिजल भर्न स्थानीयको भिड लागेको छ । सोमबार बेलुकादेखि नै डिजल भर्नेको भिड लागेको हो ।

प्रहरीले डिजल भर्न रोक लगाएको भएपनि स्थानीयले नमानेको, जर्किन र ठूला ड्रम बोकेर दुर्घटना स्थलमा गएर थापेका छन् ।

Advertisement

नेपालगञ्जबाट घोराही स्थिति सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर दुर्घटनामा परेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top