कतार सरकारद्वारा नेपाललाई ५० भेन्टिलेटर सहयोग

१५ मंसिर ७८, बुधबार
Share this
696shares

१५ मंसिर, काठमाडौं ।
कतार सरकारले नेपाललाई ५० भेन्टिलेटर सहयोग गरेको छ।

Advertisement

कतारका आमिर शेख तामिम बिन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न ती स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको आदेश बमोजिम नेपाललाई सहयोग गरिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

‘कतार फन्ड फर डेभलपमेन्ट’ले ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ। भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपालका लागि कतारी राजदूतावासका कन्सुलर नासर बिन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

यसअघि पनि कतार सरकारले नेपाललाई चार्टर्ड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। त्यस्तै, कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप ल्याएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top