×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

५ प्रदेशमा भारी हिमपातको सम्भावना

१५ मंसिर २०७८

१५ मंसिर, काठमाडौँ ।
आजदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाटफुट हिउँदे वर्षा तथा हिमपात गराउने मौसमी प्रणाली नेपाल प्रवेश गरेकाले बदली हुने भएको हो । हिउँदको विशेष मौसमी बुलेटिन जारी गरेर जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमबाट प्रवेश गरेको बादल क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको जनाएको हो।

Advertisement
Advertisement

‘हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण मंगलबार साँझदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा छ’, महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ।

यो मौसमी प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अरु प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

महाशाखाले भनेको छ, ‘सो प्रणालीका कारण बुधबारदेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै ती प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।’

नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ। आउँदो शुक्रबारदेखि भने क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट बिस्तारै कमजोर हुँदै जाने देखिएको मौसमविद्ले बताएका छन्।

अहिले नेपालमा सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायतलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

Advertisement

यस्तै आउँदो आइतबार साँझदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

भर्खरको समाचार

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top