चीनले ताइवानमाथि हमला गरे जापान–अमेरिका चुप रहनेछैनः जापानका पूर्व प्रम

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, एजेन्सी ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।

Advertisement

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो ।

त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।’

Advertisement

अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top