पार्टीलाई पद्धतिमा हिडाउँन आफू हार्ने थाहा पाएर पनि उम्मेदवारी दिएको हुँः रावल

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, विराटनगर ।
नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

Advertisement

रावलले चितवनमा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए।
उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन्।

एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ, ‍उनले उल्लेख गरेका छन्।

Advertisement

उनले आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन्। अध्यक्षमा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत मात्रै ल्याएका थिए।

उनले आफू हार्ने थाहा पाएर पनि उम्मेदवारी दिएको बताएका थिए। ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भनेका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top