नेपालमा ओमिक्रोन देखिएको छैन तर अत्यावश्यक नपरी विदेश नजानूः स्वास्थ्य मन्त्रालय

१५ मंसिर, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ।

Advertisement

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पनि यसलाई भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ।

हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ।

Advertisement

नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ, विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top