अवैध मोबाइल प्रतिबन्धको एमडिएमएस तत्काल लागू हुन्छः अर्थमन्त्री

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात हुने मोवाइल फोन बन्द हुने बताए । उनले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए ।

विदेशमा दुःख गर्नेलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ

उनले भने ,‘अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघ मार्फत हिजो मात्रै थाहा पाएँ ।

यो विषयमा थाहा पाउने वितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु । तर, विदेशबाट बैधानिक रुपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ । नेपालको अर्थतन्त्र रेमिट्यान्स मार्फत चलाइरहेको छ ।

नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन्। यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरु माथि अन्याय हुन्छ ।

एउटा ल्याउन दिएमा एउटाबाट अर्को एयटा हुदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोवाइल फोन अबैध रुपमा आयात हुने गरेको छ । यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।

नेपालमा मोबाइल उत्पादन गरे सुविधा दिन सरकार तयार

उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुट देखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए ।

अर्थमन्त्री शर्माले भने,‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ । नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ । अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको सुरुवात गर्नु पर्छ ।

बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ । त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ । सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ ।’

अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमता वृद्धि गर्नुपर्ने पनि बताए । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै विसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताए ।

उनले मोबाइल फोन बिलासिताको बस्तु भए सरकारले कडाइ गर्दैन व्यवसायी ढुक्क हुुन आग्रह गरे । त्यस्तै,अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताए ।

मोबाइल उत्पादनमा लगानी गर्न नबिल बैंक तयार

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन विलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।

उनले व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार देखि काठमाडौंमा सुरुभएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top