जापानका पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिप्रति चीन क्रुद्ध

१५ मंसिर ७८, बिहीबार

१६ मंसिर, एजेन्सी ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ताइबानबारे दिएको पछिल्लो अभिव्यक्तिबाट रुष्ट बनेको चीनले जापानी राजदूतलाई आपतकालीन बैठकमा बोलाएर सम्झाएको छ ।

बेइजिङस्थित जापानी राजदूतलाई चीनको विदेश मन्त्रालयले बुधबार साँझ आपतकालीन बैठकमा बोलाएको हो । विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘चीनका सहायक विदेशन्त्री हुआ चुनयिंगले जापानका राजदूत शुई हिदेओसँग भएको भेटमा सिन्जो आबोको अभिव्यक्तिलाई गलत र चीन जापान सम्बन्धका मापदण्डको उल्लंघन भनेकी छन् ।’

सिन्जोको अभिव्यक्तिबारे चीनको विदेश मन्त्रालयले चिनियाँ सम्प्रभुतामाथिको चुनौती र स्वतन्त्र ताइवानको कुरा गर्नेहरूमाथिको निर्लज्ज समर्थन रहेको बताएको छ । चीनले यस्तो अभिव्यक्तिको कडा विरोध गर्ने वक्तव्यमा उल्लेख छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जाले बुधबार ताइवानबारेको एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा चीनले यदि ताइवानमाथि हमला गरे अमेरिकासँगै जापानले पनि प्रतिवाद गर्ने बताएका थिए । उनले ताइवानमाथिको हमला जापानको सुरक्षाका लागि गम्भीर खतरा रहने बताएका थिए ।

सिन्जोले अघिल्लो वर्ष जापानको प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका नेता हुन् र पार्टीमा अहिले पनि उनको प्रभाव बलियो छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top