एकैसाथ तीन वटा मौसम प्रणाली सक्रिय रहँदा आजदेखि भारी हिमपात र हल्का वर्षाको सम्भावना

१५ मंसिर ७८, बिहीबार

१६ मंसिर, विराटनगर ।

हाल नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

यि तीन वटा मौसम प्रणालीको प्रभाव एकसाथ कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

Advertisement

यी प्रणालीका कारण बुधबार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ। काठमाडौं उपत्यकामा यो प्रणालीको असर आज बिहीबारबाट देखिएको छ।

Advertisement

‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने देखिएको भने पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि हुन सक्छ,’ महाशाखाका मौसमविद् सजिना शाक्यले भनिन्। उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने महाशाखाले जनाएको छ।

आगामी २४ घन्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जानेछ। महाशाखाका अनुसार आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top