Nepal Times
Nepal Times
3
Shares

भित्रिएको छोटो अवधिमै फुटसलमा ठुलो क्रेज

भित्रिएको छोटो अवधिमै फुटसलमा ठुलो क्रेज

काठमाडौं : मुलुकमा फुटसल भित्रिएको बल्ल ७ वर्ष पुग्दैछ । राजधानीमा खुला ठाउँ खुम्चिएसँगै यसको दायरा भने पत्याइनसक्नु फराकिलो बन्दै गएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

हरेक उमेर र समूहका लागि अनुकूल मानिने यो खेल आर्थिक हिसाबले पनि खासै महँगो छैन । सुरुआती दिनमा केही खर्चिलो भए पनि फुटसल केन्द्रहरूको संख्यात्मक वृद्धिसँगै अहिले सुलभ भएको छ ।

नेपालमा पहिलो पटक ठमेलस्थित फुटसल एरिनाको सुरुआत गर्दा निमा लामाले यो खेल यसरी लोकप्रिय हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनन् । अहिले उनले बौद्धमा झनै ठूलो फुटसल कोर्ट खोलेका छन् । गत वर्ष राष्ट्रिय लिगका खेल पनि यसै मैदानमा भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.