ओमिक्रोनका कारण अहिलेसम्म कसैको ज्यान गएको छैनः डब्ल्यूएचओ

१८ मंसिर, एजेन्सी ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

Advertisement

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले आग्रह गरेका छन्।

Advertisement

उनले नाक मुख राम्ररी छोप्नुपर्ने, सही तरिकाले मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, कम हावा चल्ने वा भीडभाड भएका ठाउँमा सकभर नजान र बेलाबेलामा हात सफा राख्नुपर्नेमा जोड दिएका छन् ।

साथै कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि डा.खेत्रपालको आग्रह छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top