एनआरएनए विवादमा फेरि तानिइन् आरजु देउवा

१७ मंसिर ७८, शनिबार

१८ मंसिर, एजेन्सी ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन्।

गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरेपछि उनी औपचारिक रुपमा विवादमा तानिएकी हुन्।

यसअघि संघका केन्द्रीय पदाधिकारीले आरजुमाथि आरोप लगाएका थिए तर संस्थागत रुपमा आरजुको नाम पहिलोपटक भेलामै मुछिएको हो।

पन्तले देशका प्रधानमन्त्री, संस्थाका प्रमुख संरक्षक, उनीहरूका धर्मपत्नीलगायतविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेको निष्कर्ष निकालेको छ।

भेलाले ६ बुँदे सुझाव निकाल्दै पाटन उच्च अदालतले संघको निर्वाचनका सम्बन्ध जारी गरेको अन्तरिम आदेशको अवहेलना गर्दै ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको स्वागत गरिएको छ।

यसअघि गत आइतबार पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएको थियो। भेलाले गैरआवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको ठहर गरेको छ।

भेलाले अध्यक्ष पन्त र प्रमुख संरक्षक डा शेष घलेले सहकार्य गरी डेलिगेट्ससम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन माग गरेको छ।

करिब एक दर्जन संघका राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी रहेको गत बुधबार सम्पन्न भेलाको निष्कर्ष शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख हुने गरी तोकिएको छ। यसअघि परराष्ट्र मन्त्रालयले आफ्नो अनुकूलको उम्मेदवारलाई जिताउन शक्ति प्रयोग गर्दै निर्वाचनमा रोक लगाएको संस्थापन पक्षको आरोप छ।(न्युज कारखाना)

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top