आयरल्याण्डमा फेरि नाइट क्लव बन्द

१७ मंसिर ७८, शनिबार

१८ मंसिर, एजेन्सी ।

आयरल्याण्डमा कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा बढ्दै गएपछि भर्खरै मात्रै सञ्चालनमा आएका नाइट क्लब फेरि बन्द गरिने भएको छ ।

क्रिसमस नजिकिएकाले सम्भावित जोखिम कम गर्न आइरिस सरकारले अतिथि सत्कारसँग सम्बन्धित क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था कडा बनाएको हो । आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले टेलिभिजन मार्फत् सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरेका हुन् ।

नयाँ व्यवस्था अनुसार इनडोर खेल लगायतका गतिविधि ५० क्षमतामा सञ्चालन गर्न सकिनेछ । साथै कुनै पनि व्यक्तिको निजी घरमा जान परेमा ४ वटाभन्दा बढीमा जान पाइने छैन । यस अघि पब, होटेल, रेस्टुरेन्ट र अन्य मनोरञ्जन स्थलमा संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम फेरि कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । आयरल्याण्डमा लामो समय लगाइएको लकडाउनका कारण बन्द रहेका नाइट क्लव भर्खरै पुनः सञ्चालनमा आएका थिए ।

मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, एउटै टेवलमा ६ जनाभन्दा बढी बस्न नपाउने, बारमा मदिराका लागि लाइन लाग्न नपाइने र धेरै वटा टेवल बुक गर्न नपाइने जस्ता नयाँ व्यवस्था लागू गरिनेछ । कोरोना नियन्त्रणका लागि लगाइएको नयाँ प्रतिबन्धात्मक व्यवस्था आगामी डिसेम्बर ७ देखि आउँदो जनवरी ९ सम्म लागू हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top