अमेरिकाले भन्याे- चीनले ताइवानविरुद्ध कुनै कदम चाले भयानक परिणाम बेहोर्नुपर्छ

१७ मंसिर ७८, शनिबार

१८ मंसिर, एजेन्सी।

Advertisement

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’ को सामना गर्नुपर्ने चेतावनी दिएका छन् । शुक्रबार रोयटर्स नेक्स्ट कन्फेरेन्समा बोल्दै उनले चिनियाँ नेतृत्वले ताइवानको मुद्दाबारे संकटलाई निम्तो नदिने विश्वास व्यक्त गरे ।

ब्लिन्केनले चीन ताइवानको स्वायत्तता खोस्ने दिशामा अग्रसर भइरहेको बताए । उनले ताइवानलाई अमेरिकाले आफ्नो रक्षा गर्नका लागि सघाउने बताए । चीनले ताइवानको स्वायत्तता खोस्ने प्रयास गरे कसैका लागि पनि राम्रो नहुने उनकाे भनाइ थियाे। अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ताइवानलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिरहेको छ । यद्यपि चीनले भने ताइवान आफ्नो भूमि भएको बताउँदै आएको छ ।

Advertisement

साथै ताइवानको मुद्दा आफ्नो आन्तरिक विषय भएकाले यसमा दखल नदिन उसले अमेरिकालाई चेतावनी दिइसकेको छ । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति बाइडेनलाई ताइवानको मुद्दामा दखल दिनु भनेको आगोसँगै खेल्नु जस्तै भएको चेतावनी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top