NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन: प्रचण्ड

शनिबार मंसिर १८ , २०७८
Reading Time: 1 min read
A A
एमसीसी राष्ट्रिय सहमति र परिमार्जनविना पास हुन सक्दैन : प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ मंसिर, चितवन ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । अध्यक्ष दाहालले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्टयाएका हुन् ।

शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे। उनले भने, ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन–एमसीसीको लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन–महाअभियोगको लागि भनेर । यो त हिँउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पथ्र्यो, प्रतिनिधिसभाको महत्वको लागि पनि । अव त्यहाँ भित्र राजनीतिक दलहरुको समझदारी बनाएर, जान्छौं हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जब्बरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने÷नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

Advertisement

अध्यक्ष मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरे। उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहो¥याए । अध्यक्ष दाहालले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराए । उनले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु, प्रतिक्रान्तिकारीहरु, पुनरुत्थानवादीहरु यो परिवर्तनलाई जो जनताको पक्षमा छ । जो यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको पक्षमा उनीहरुको हक अधिकारको पक्षमा छ । र यो संविधान जसले समावेशी र समानुपातिक मुख्यत यसलाई विश्वले इन्क्लूसिप डेमोक्रेसीरुपमा चिन्छ । हामीले सबैले गर्व गर्न सक्ने कुरा के हो भने नेपाल जस्तो बुहजाति, बहुभाषी, बहुसांस्कृतिक, भौगोलिक विविधतासहितको राष्ट्रमा सबै जातजाति, भाषाभाषीको पहिचान र अधिकार स्थापित गर्ने समावेशी र समानुपातिक प्रतिनिधित्व को प्रणालीसहितको लोकतन्त्र जो हाम्रो संविधानले संस्थागत गरेको छ । त्यसको रक्षा गर्ने कुरा प्रतिक्रान्तिकारीहरुको हमलाबाट त्यसलाई रोक्ने कुरा, बचाउने कुरा अहिले पनि त्यत्तिकै आवश्यक छ । जति हामीले हिजो जनयुद्धको बेलामा वा जनआन्दोलनको क्रममा प्रतिक्रान्तिकारी निरंकुशताका विरुद्ध प्रतिवाद गर्नु परेको थियो । त्यतिबेला त्याग र बलिदानका थुप्रै कीर्तिमानहरु कायम गर्दै जनतासँग एकाकार हुँदै हामीले लडाई अगाढि बढाउनु परेको थियो र त्यस परिस्थितिमा हामी शान्ति सम्झौंता हुँदै, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म स्थापित गर्न सफल भएको थियौं । अहिले तपाई हामी सबैलाई थाहा छ–दुई दशक नहुँदै झण्डै १५ वर्ष भित्रै यसलाई उल्टयाउन षडयन्त्र भयो गत सालमा । संविधानलाई कुल्चने, मिच्ने षडयन्त्र भयो । प्रतिगमनतिर जाने षडयन्त्र भयो । र त्यसका विरुद्ध फेरी हामीले पत्रकारिताको तर्फबाट, राजनीतिक नेतृत्वको तर्फबाट आम जनतालाई सडकमा ल्याएर संघर्षमा जानुपर्ने अवस्था भयो । तपाई हामी सबैले त्यसका निम्ति वातावरण बनायौं । तपाई प्रेसमा काम गर्ने साथीहरुले पनि प्रतिगमनविरुद्ध, प्रतिक्रान्तिकारी कदम विरुद्ध, जनताले झण्डै सात दशक लडाई गरेर ल्याएको सकारात्मक लोकतान्त्रिक प्रणालीलाई उल्टयाउन खोज्ने शक्ति, प्रवृत्ति र तत्वका विरुद्ध तपाईहरुले जसरी जनमत निर्माण गर्नु भयो । म राजनीतिक नेतृत्वको हैसियतले तपाईहरु सबै र प्रेससँग सम्बन्धित आम साथीहरु र संगठनहरु जसले प्रतिगमनका विरुद्ध आवाज उठाए । लेखे, बोले । यो सबै गर्ने साथीहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । साथीहरु, अहिले पनि खतरा टरिसकेको छैन । हामी एक पटक त ब्याटल फेरी पनि जित्यौं प्रतिगमनका विरुद्ध । तर प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाईनै रहेका छन, कहिन कहीँ हाम्रो गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत् जनतामा भ्रम छर्न सकिन्छ कि ? भनेर त्यो षडयन्त्र अहिले पनि जारी छ । हामी कोही अहिल्ये रिल्याक्स गर्ने ठाउँ आईसकेका छैनौं । र म तपाई साथीहरुलाई पनि आफ्नो कमल तिखो बनाउने कुरा, आफ्ना बाजागाजाहरु, आफ्ना सबै सञ्चार संयन्त्रहरुलाई तीव्रताका साथ अघि बढाउने कुरामा रिल्याक्स नगर्नु होला । अहिले पनि प्रतिगमनको खतरा पूरै टरिसकेको छैन । अहिले पनि नेपाल राष्ट्र र नेपाली जनताको विरुद्ध षडयन्त्र जारी छ । तपाई विभिन्न क्षेत्रमा जे देख्नु हुन्छ, त्यो सबैसबै नै यही चितवन जिल्ला हो अघि प्रसंग पनि आयो । यहाँ पार्टीहरुले ठूल्ठूला भेला, अधिवेशन, महाधिवेशन जेजे भने पनि चितवनमा गरे । तपाई हामीले देखेका छौं । त्यहाँ एउटा बढो बिचित्रको धु्रवीकरण देखा प¥यो । तपाईहरुले कतिको नोट गर्नु भएको छ । तपाई पत्रकार साथीहरुले पक्कै पनि ध्यान दिनु भएको होला । ती भेला, मेला जे भन्नुस्–त्यसमा एउटा मण्डलेकरणको प्रवृत्ति, पञ्चायतिकरणको प्रवृत्ति, एउटा सामन्ती निरंकुशतातिर जाने प्रवृत्ति र अर्को त्यसका विरुद्ध जाने प्रवृत्ति दुईटा प्रस्ट देखा परेका छन । तपाईहरुले सुन्नु भएको होला, कहीँनकेहीँ यहाँबाट भेला गरेर जाने पार्टीहरु भित्र एउटा गुट चाँही अलि मण्डलेकरण तिर, पञ्चायतीकरणतिर, निरंकुशतातिर, प्रतिगमनतिर जाने हर्कत अहिले पनि छोडेको छैन । त्यसकारण हामीले क्रान्तिको उपलब्धिको रक्षा गर्ने कुरामा आफ्नो सजकता, आफ्नो सक्रियता कहीँकतै छोडने स्थिति छैन । हामी अव हतियार उठाउँदै छैनौं । हामी युद्धमा जाँदै छैनौं । हामी शान्तिपूर्ण ढंगले नै प्रतिगमनविरोध आन्दोलनलाई जनव्यापी बनाउन चाहन्छौं । लाखौं र करोडौं जनताको चेतनाको बलमा हामी प्रतिगमनलाई रोक्न चाहन्छौं । प्रतिक्रान्तिलाई रोक्न चाहन्छौं । र यो देशलाई समाजवादको दिशातिर, समृद्धिको दिशातिर, समाजिक न्याय र उत्पादनको चरणतिर लैजान चाहन्छांैं । ’

अध्यक्ष दाहालले आफूहरुले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहो¥याए । त्यस अवसरमा उनले प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा आफूले हस्तक्षेप नगर्ने बताए ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.