×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन: प्रचण्ड

१८ मंसिर २०७८

१८ मंसिर, चितवन ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । अध्यक्ष दाहालले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्टयाएका हुन् ।

Advertisement
Advertisement

शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे। उनले भने, ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन–एमसीसीको लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन–महाअभियोगको लागि भनेर । यो त हिँउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पथ्र्यो, प्रतिनिधिसभाको महत्वको लागि पनि । अव त्यहाँ भित्र राजनीतिक दलहरुको समझदारी बनाएर, जान्छौं हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जब्बरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने÷नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

अध्यक्ष मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरे। उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहो¥याए । अध्यक्ष दाहालले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराए । उनले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु, प्रतिक्रान्तिकारीहरु, पुनरुत्थानवादीहरु यो परिवर्तनलाई जो जनताको पक्षमा छ । जो यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको पक्षमा उनीहरुको हक अधिकारको पक्षमा छ । र यो संविधान जसले समावेशी र समानुपातिक मुख्यत यसलाई विश्वले इन्क्लूसिप डेमोक्रेसीरुपमा चिन्छ । हामीले सबैले गर्व गर्न सक्ने कुरा के हो भने नेपाल जस्तो बुहजाति, बहुभाषी, बहुसांस्कृतिक, भौगोलिक विविधतासहितको राष्ट्रमा सबै जातजाति, भाषाभाषीको पहिचान र अधिकार स्थापित गर्ने समावेशी र समानुपातिक प्रतिनिधित्व को प्रणालीसहितको लोकतन्त्र जो हाम्रो संविधानले संस्थागत गरेको छ । त्यसको रक्षा गर्ने कुरा प्रतिक्रान्तिकारीहरुको हमलाबाट त्यसलाई रोक्ने कुरा, बचाउने कुरा अहिले पनि त्यत्तिकै आवश्यक छ । जति हामीले हिजो जनयुद्धको बेलामा वा जनआन्दोलनको क्रममा प्रतिक्रान्तिकारी निरंकुशताका विरुद्ध प्रतिवाद गर्नु परेको थियो । त्यतिबेला त्याग र बलिदानका थुप्रै कीर्तिमानहरु कायम गर्दै जनतासँग एकाकार हुँदै हामीले लडाई अगाढि बढाउनु परेको थियो र त्यस परिस्थितिमा हामी शान्ति सम्झौंता हुँदै, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म स्थापित गर्न सफल भएको थियौं । अहिले तपाई हामी सबैलाई थाहा छ–दुई दशक नहुँदै झण्डै १५ वर्ष भित्रै यसलाई उल्टयाउन षडयन्त्र भयो गत सालमा । संविधानलाई कुल्चने, मिच्ने षडयन्त्र भयो । प्रतिगमनतिर जाने षडयन्त्र भयो । र त्यसका विरुद्ध फेरी हामीले पत्रकारिताको तर्फबाट, राजनीतिक नेतृत्वको तर्फबाट आम जनतालाई सडकमा ल्याएर संघर्षमा जानुपर्ने अवस्था भयो । तपाई हामी सबैले त्यसका निम्ति वातावरण बनायौं । तपाई प्रेसमा काम गर्ने साथीहरुले पनि प्रतिगमनविरुद्ध, प्रतिक्रान्तिकारी कदम विरुद्ध, जनताले झण्डै सात दशक लडाई गरेर ल्याएको सकारात्मक लोकतान्त्रिक प्रणालीलाई उल्टयाउन खोज्ने शक्ति, प्रवृत्ति र तत्वका विरुद्ध तपाईहरुले जसरी जनमत निर्माण गर्नु भयो । म राजनीतिक नेतृत्वको हैसियतले तपाईहरु सबै र प्रेससँग सम्बन्धित आम साथीहरु र संगठनहरु जसले प्रतिगमनका विरुद्ध आवाज उठाए । लेखे, बोले । यो सबै गर्ने साथीहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । साथीहरु, अहिले पनि खतरा टरिसकेको छैन । हामी एक पटक त ब्याटल फेरी पनि जित्यौं प्रतिगमनका विरुद्ध । तर प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिहरु अहिले पनि सल्बलाईनै रहेका छन, कहिन कहीँ हाम्रो गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत् जनतामा भ्रम छर्न सकिन्छ कि ? भनेर त्यो षडयन्त्र अहिले पनि जारी छ । हामी कोही अहिल्ये रिल्याक्स गर्ने ठाउँ आईसकेका छैनौं । र म तपाई साथीहरुलाई पनि आफ्नो कमल तिखो बनाउने कुरा, आफ्ना बाजागाजाहरु, आफ्ना सबै सञ्चार संयन्त्रहरुलाई तीव्रताका साथ अघि बढाउने कुरामा रिल्याक्स नगर्नु होला । अहिले पनि प्रतिगमनको खतरा पूरै टरिसकेको छैन । अहिले पनि नेपाल राष्ट्र र नेपाली जनताको विरुद्ध षडयन्त्र जारी छ । तपाई विभिन्न क्षेत्रमा जे देख्नु हुन्छ, त्यो सबैसबै नै यही चितवन जिल्ला हो अघि प्रसंग पनि आयो । यहाँ पार्टीहरुले ठूल्ठूला भेला, अधिवेशन, महाधिवेशन जेजे भने पनि चितवनमा गरे । तपाई हामीले देखेका छौं । त्यहाँ एउटा बढो बिचित्रको धु्रवीकरण देखा प¥यो । तपाईहरुले कतिको नोट गर्नु भएको छ । तपाई पत्रकार साथीहरुले पक्कै पनि ध्यान दिनु भएको होला । ती भेला, मेला जे भन्नुस्–त्यसमा एउटा मण्डलेकरणको प्रवृत्ति, पञ्चायतिकरणको प्रवृत्ति, एउटा सामन्ती निरंकुशतातिर जाने प्रवृत्ति र अर्को त्यसका विरुद्ध जाने प्रवृत्ति दुईटा प्रस्ट देखा परेका छन । तपाईहरुले सुन्नु भएको होला, कहीँनकेहीँ यहाँबाट भेला गरेर जाने पार्टीहरु भित्र एउटा गुट चाँही अलि मण्डलेकरण तिर, पञ्चायतीकरणतिर, निरंकुशतातिर, प्रतिगमनतिर जाने हर्कत अहिले पनि छोडेको छैन । त्यसकारण हामीले क्रान्तिको उपलब्धिको रक्षा गर्ने कुरामा आफ्नो सजकता, आफ्नो सक्रियता कहीँकतै छोडने स्थिति छैन । हामी अव हतियार उठाउँदै छैनौं । हामी युद्धमा जाँदै छैनौं । हामी शान्तिपूर्ण ढंगले नै प्रतिगमनविरोध आन्दोलनलाई जनव्यापी बनाउन चाहन्छौं । लाखौं र करोडौं जनताको चेतनाको बलमा हामी प्रतिगमनलाई रोक्न चाहन्छौं । प्रतिक्रान्तिलाई रोक्न चाहन्छौं । र यो देशलाई समाजवादको दिशातिर, समृद्धिको दिशातिर, समाजिक न्याय र उत्पादनको चरणतिर लैजान चाहन्छांैं । ’

Advertisement

अध्यक्ष दाहालले आफूहरुले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहो¥याए । त्यस अवसरमा उनले प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा आफूले हस्तक्षेप नगर्ने बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top