तत्काल संविधान संशोधन गरेर अघि बढ्न जसपा प्रतिवद्ध छ: डा. बाबुराम भट्टराई

१८ मंसिर, काठमाडाैँ ।

सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाईराखेको र मन्त्रीपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिए । उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अव हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध ।’

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे । उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top