एमालेलाई पत्तासाफै पार्ने गठबन्धनमा सल्लाह भइरहेको छ : माधव नेपाल

Share this
732shares

१८ मंसिर, अर्घाखाँची ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनवाबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् ।

शनिबार नेकपा (एस) अर्घाखाँचीले  सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए ।

Advertisement

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’

अध्यक्ष नेपालले आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि बताएका छन् । यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताए। अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको बताउँदै उनले अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको खुलासा गरे ।

Advertisement

एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top