×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

कर्णाली वेतन आयोजनाको काम आगामी आर्थिक वर्षबाट शुरु हुने

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडौँ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू मुख्य प्रवर्द्धक रहेर निर्माण हुने वेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरु हुने भएको छ ।

Advertisement
Advertisement

४ सय ३९ मेगावाट क्षमताको आयोजना निर्माणका लागि आवश्यक पर्ने पूर्व तयारीका कामहरू मध्येको विस्तृत इन्जिनियरिङ.अध्ययन, सम्भाव्यता अध्ययन र पहुँच मार्गको निर्माण लगायतका कामहरू सम्पन्न भएका छन् ।

आयोजनाको निर्माणका लागि कर्मचारी सञ्चय कोषले विगत ४ वर्षको सञ्चयकर्ताहरूको नाफाबाट ७ अर्ब रुपैयाँ लगानी गर्न छुट्टाएको छ ।

प्रमुख संरचना अछाम जिल्लाको ढकारी गाउँपालिका र सुर्खेतमा रहने सो आयोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेशको बिचमा निर्माण हुनेछ । पिकिङ गर्न सकिने अर्ध–जलाशययुक्त आयोजनाको रुपमा अघि बढाउन खोजिएको आयोजना प्राविधिक र वित्तीय रुपमा निकै आकर्षक आयोजनाको रुपमा रहेको छ ।

यो वर्षभित्रै ईआइए, पीपीए, वित्तीय व्यवस्थापन र ठेक्का सम्झौता गरेर आगामी आर्थिक वर्षदेखि आयोजना निर्माणमा जाने गरी काम अघि बढाएको आयोजनाका प्रबन्धक दीपक रौनियारले बताए।

पीपीए हुने बित्तिकै ग्लोबल आइएमई बैङ्कको नेतृत्व तथा सनराइज बैङ्क र पूर्वाधार विकास बैङ्कको सह–नेतृत्वमा वित्तीय व्यवस्थापन हुने समझदारी भइसकेको छ । यसबाट कम्पनीले ५८ अर्ब रुपैयाँको ऋण व्यवस्थापन गर्नेछ । कुल लागत ८८ अर्ब रहेको आयोजनाको लागि ३१ अर्ब रुपैयाँ स्वपुँजीबाट सङ्कलन गरिने छ ।

स्वपुँजीको ४० प्रतिशत सञ्चय कोषका सञ्चयकर्ताको लगानी रहने छ भने सञ्चय कोषको १५ प्रतिशत, विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीको १०÷१० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

Advertisement

आयोजनबाट सुक्खा याममा ६९० गिगावाट आवर र वर्षा याममा १६१० गिगावाट आवर गरी २३०० गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासका लागि गेम चेन्जर भएकाले सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न सहयोग गर्नुपर्ने स्थानीयहरूको भनाइ छ ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top