कन्टेनर ढुवानीमा थपिँदै भारतीय निजी कम्पनी

१८ मंसिर ७८, आइतबार

वीरगञ्ज: नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । बितेको ३ महीनामै भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा दिने यस्ता कम्पनीको संख्या ३ पुगेको छ ।

Advertisement

यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीनओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिइरहेका छन् । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाखापत्तनम्बाट ढुवानी थालेको छ ।

यो कम्पनी वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट पोर्ट प्रालिको मुख्य साझेदार हो । विशाखापत्तनम् बन्दरगाहबाट कन्टेनर लिएर शनिवार प्रिस्टाइनको रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको प्रिस्टाइनका व्यापार तथा बजार व्यवस्थापक महम्मद नबिल अख्तरले बताए

Advertisement

यो कम्पनीले भारतकै कोलकाता बन्दरगाहबाट पनि वीरगञ्जका लागि सेवा शुरू गरिसकेको छ । केही दिनअघि कोलकाता बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ, प्लास्टिक, विद्युतीय समान, तयारी कपडासहितका सामानका ९० कन्टेनरको ¥याक वीरगञ्ज भित्र्याएको अख्तरले जानकारी दिए । २ महीनाअघि नै सेवा सञ्चालन गरेको हिन्द टर्मिनलले अहिलेसम्म सुक्खा बन्दरगाहमा आठओटा ¥याक ल्याइसकेको छ । भारतमा बन्दरगाह र रेलसेवामा सक्रिय जेएन बक्सी समूहले पनि ढुवानीको तयारी थालेको छ ।

नेपाल र भारतबीच सन् २००४ मा भएको रेलसेवा सम्झौताले रेलमार्पmत हुने ढुवानीमा कोन्करलाई एकाधिकार दिएको थियो । गत जुलाईमा सम्झौता संशोधन भएको थियो ।
संशोधित सम्झौताले भारतका निजी रेलसेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने बाटो खोलेको छ । नेपाल रेलवेले भने अहिलेसम्म यसका काम अघि बढाएको छैन ।

Advertisement

समुद्रपारबाट आउने कार्गोको ढुवानीमा प्रतिस्पर्धी कम्पनी आएपछि कोन्करले ढुवानीको भाडा स्वात्तै घटाएको छ । कोन्करले पहिलो प्रतिस्पर्धी कम्पनी हिन्द टर्मिनलले वीरगञ्जमा र्‍याक भित्र्याएकै दिन भाडा घटाएको सूचना निकालेको थियो ।

कोन्करले ३० देखि ३५ प्रतिशतसम्म भाडा घटाएपछि त्यसअघि कोन्करकै हाराहारीमा भाडा तय गरेका अन्य कम्पनीले पनि भाडा दर कम गरेका छन् । तर, अहिलेसम्म घटेको भाडाको लाभ नेपाली आयातनिर्यातले नपाएको स्वदेशी व्यवसायीहरू बताउँछन् ।

शुरूमा प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले कोन्करले भाडा घटाएको भन्दै अन्य निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो । अहिले अन्य कम्पनीले प्रतिस्पर्धात्मक रूपमा सेवा अघि बढाए पनि त्यसको लाभ नेपालको वैदेशिक व्यापारले पाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।

सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्मै कन्टेनर ढुवानी गर्ने र कोन्करसँग रेल भाडाको लेनदेन पनि सिपिङ कम्पनीले नै गर्ने भएकाले ढुवानीमा प्रतिस्पर्धाको लाभ लिन नपाएको गुनासो व्यवसायीको छ ।

सिपिङ कम्पनीले नेपाली व्यवसायीसँग समुद्री भाडा र रेल ढुवानीको खर्च एकमुष्ट बिल दिन्छन् । कोन्करले भाडा घटाए पनि त्यसको लाभ सिपिङ कम्पनीले उठाइरहेको व्यवसायी बताउँछन् ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top