राप्रपा अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङदेनले के भने ?

१९ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरीकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन् ।

शिर झुक्न दिन्न, माला र मुर्दावाद, जिन्दावाद लगाउनु पर्दैन्
उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए ।

राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने दिन आउँदैन
नव निर्वाचित अध्यक्ष लिङदेनले भने, ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन । भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरुलाई, नेता, कार्यकर्ता साथीहरुलाई पनि चन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्न । तपाईहरुको शिर झुक्ने काम गर्दिन । यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नु पर्दैन । कुनै जिन्दवाद, मुर्दावादको नारा लगाउनु पर्दैन । सकियो आजबाट । कसैले फूलमाला लिएर पनि आउनु पर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने, माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि, त्यो केही गर्नु पर्दैन ।’

राप्रपालाई गतिहीन र निस्क्रिय बनाउने छुट छैन
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले भने, ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निस्क्रिय, बनाएर लैजाने छुट हामीलाई छैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्यो भन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ । आज हामी अनेक समस्याका बाबजुद यो काममा सफल भएका छौँ । हामीलाई जित्नै पर्ने बाध्यता थियो । हामीले हिजो गरेका प्रतिष्पर्धाबाट मानिसहरुले पार्टी चिरा पर्ने हो कि, गुट बन्ने हो कि भन्ने आशंका थिए । हिजोसम्म जे भयो, भयो, आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनन् । नेतृत्व परिवर्तनका अनेक आयाम र उपलब्धिहरु छन् । त्यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको अघिल्ला महाधिवेशनहरुमा एउटा नेताको कार्यकर्ता भएर भोट माग्न जान्थ्यौँ । आजबाट हामी राष्ट्रिय प्रजातन्त्र पार्टीको मान्छे भएर जान्छौँ । आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’

राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा होइन
नवनिर्वाचित अध्यक्ष लिङदेनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सिमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए । नव निर्वाचित अध्यक्ष लिङदेनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पूरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए । आइतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङदेन पार्टीको अध्यक्ष बनेका हुन् । निःवर्तमान अध्यक्ष थापाले १ हजार ६ सय १७ र लिङदेनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका थिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top