राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको सपथ, कमल थापा गएनन्

१९ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रिय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।

सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका थिएनन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आज (आईतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top