प्रवासमा बस्नेहरूको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा

२० मंसिर, वाशिङ्टन डिसी।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए ।

उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भने ।जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै आ–आफ्नो मन्तव्य राखेका थिए ।

Advertisement

जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top