दुई सातादेखि घटेको सेयर आज बढ्यो

१९ मंसिर ७८, सोमबार

२० मंसिर, काठमाडाैँ ।

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । सोमबार दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ ।

आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत २.८८, फाइनान्स २.५४,अन्य उपसमूह १.६१, होटल तथा पर्यटन १.३९, माइक्रो फाइनान्स १.३५, व्यापार ०.१५, बैंकिङ्ग ०.७६, निर्जीवन बीमा ०.२३ , उत्पादन तथा प्रशोधन १.०६ र जीवन बीमा उपसमूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ ।

सोमबारको कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मेरो लघुवित्तको शेयरमूल्य १०५ रुपैयाँ २० पैसा बढेर १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.५५ प्रतिशत र साहस उर्जाको ८.१७ प्रतिशत , महुली सामुदायिक र बोटलर्स नेपाल तराईको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ६.८८ प्रतिशत घटेको छ । सोमबार सबैभन्दा बढी १७ करोड १५ लाख ९३ हजार रुपैयाँ नबिल बैंकको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top