सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

२० मंसिर, काठमाडौँ।

Advertisement

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् ।

केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए। कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top