×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारकाे अनुमति

२१ मंसिर २०७८

२१ मंसिर, काठमाडौँ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।

Advertisement
Advertisement

निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसार पसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ ।

निगमको वाइड बडी ए३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतका सामानहरुको ओसारपसारमा सहजता हुनेछ भने उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले विश्वास लिएको छ ।

उक्त अनुमति पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा साेमबार आयोजित एक कार्यक्रमका बीच पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गरे । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आईकाओ०ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ ।

सो अवसरमा पर्यटनमन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र यसले खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने तथा निगमलाई पनि आर्थिकरूपमा नाफा हुने विश्वास व्यक्त गरे ।

उनले मन्त्रालय र मातहत निकायमा अनावश्यक खर्च कटौती गर्दै आर्थिक मितव्ययिता अपनाएको बताए । पर्यटनमन्त्री आलेले अर्बौँको घाटा बेहोरिरहेको निगमलाई वित्तीय सुधार गरी उपलब्ध स्रोत साधनको यथोचित प्रयोग गरेर आर्थिकरूपमा सुदृढ बनाउने दिशामा अघि बढेको स्पष्ट पारे । उनले भने, “वायुसेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको संस्था हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ, हामी चाहान्छौँ कम भन्दा कम खर्च गरेर नेपाली ध्वजाबाहक जहाज नाफामा जाओस् ।”

अहिले पनि निगमलाई रु ५० अर्बभन्दा बढी ऋण रहेको छ । नौ प्रतिशत ब्याज तिरिरहनुपर्ने बाध्यता छ । निगमलाई किस्ता तिर्न र ब्याज तिर्न पनि समस्या परिरहेको छ । आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार गर्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । पर्यटनमन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गर्दै प्राधिकरण र निगम दुवै संस्थालाई बधाईसमेत दिए।

प्राधिकरणका महानिर्देशक क्षेत्रीले लामो समयदेखि अड्किएको खतराजन्य वस्तु ओसारपसारसम्बन्धी अनुमति प्राप्त गरेकामा निगमलाई बधाई ज्ञापन गर्दै व्यावहारिक कार्यान्वयमा जोड दिए ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले विगत ६३ वर्षदेखि हालसम्म निगम जेनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेयो ।

विगत छ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमका लागि यो सेवाले आर्थिकरूपमा पनि निकै राहत मिल्नेछ । पर्यटनमन्त्रीको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य वस्तु ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

निगमले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top