×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

कांग्रेस संस्थापन इतर: अन्तिम समयसम्म सहमति गरी टक्कर दिन गृहकार्य

२१ मंसिर २०७८

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।

काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अन्तक्र्रिया गर्दै कांग्रेस नेता कोइरालाले संस्थापन इतरका चार नेताहरू एकजुट हुने हो भने देउवालाई सभापतिमा सजिलैसँग पराजित गर्न सकिने बताए ।

Advertisement
Advertisement

हालसम्म कांग्रेसमा संस्थापन इतर पक्षका शेखरलगायत रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनीहरू चार जनाबीच सहमति खोज्ने प्रयासलाई तीव्रता दिइएको नेता कोइरालाले जानकारी दिए । ‘हामी चार जनाबीच सहमति जुटाएर एक जनालाई मात्रै सभापतिको उम्मेदवार बनाउने गृहकार्यलाई तीव्रता दिएका छांै,’ कोइरालाले सम्पादकसँगको छलफलमा भने ।

कोइरालाले नेपाली राजनीतिमा नैतिकता र इमानदारिताजस्ता विषय ओझेलमा पर्दै गएकाले आफूले सभापतिमा जितेमा राजनीतिलाई नैतिक र इमानमा चल्ने बनाउने स्पष्ट पारे । उनले अहिले देशभरका कार्यकर्ता र प्रतिनिधिहरूले आफूलाई सभापतिमा उठ्न सुझाव दिएकाले कार्यकर्ता र प्रतिनिधिको भावनाअनुसार नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । ‘म कमजोर छैन, निर्वाचनमा मेरो जित सुनिश्चित छ त्यसैले अन्य तीन जनाले आफूलाई छोडिदिनुपर्नेमा उनको जोड छ । ‘रामचन्द्र, प्रकाशमान र शशांकले अब सभापतिका लागि मलाई छोडिदिनुपर्छ, त्यस्तो अवस्थामा मैले सभापतिमा सहजै जित हासिल गर्न सक्छु,’ नेता कोइरालाले भने । शेखरले अन्तिम अवस्थामा गएर आफूलाई छोडिदिने दाबी शशांकले गरेका छन् । त्यसैले अब रामचन्द्र र प्रकाशमान पनि उदार भएर मेरो नाममा सहमति गर्नुपर्छ, त्यसो भएमा सभापतिमा हामी सजिलैसँग जित्छौं,’ कोइरालाले भने ।

कोइरालाले पछिल्लो समयमा सभापति देउवा आफ्नो समूहमाथि खेल्ने प्रयास गरेकाले सर्तक र चनाखो हुनुपर्ने आवश्यकता आंैल्याए । शेखरकाअनुसार हाल जिल्ला तथा प्रदेशमा भएका निर्वाचनमा आफूहरूको समूहले बलियो नतिजा निकाल्न सफल भएको दाबी गरे । उनका अनुसार प्रदेश १, बाग्मती, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा संस्थापन इतर निकै बलियो छ ।

निधिका कारण देउवालाई पनि कठिन
नेता कोइरालाका अनुसार संस्थापन पक्षबाट पनि सभापतिमा विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेकाले सभापति जित्न देउवालाई निकै कठिन हुने दाबी गरे । सभापतिमा उठ्ने तयारी गरेका कोइरालाले प्रधानमन्त्री तथा सभापति कोइरालाले देशका विभिन्न स्थानमा भएका प्रतिनिधिको चुनावमा, चरम धाँदली गरेको आरोप लगाए । प्रशासन, सीडीओको आडमा निर्वाचन अधिकृतलाई समेत प्रभावमा पारेर निर्वाचनमा व्यापक धाँधली भएको छ,’ कोइरालाले भने ।

Advertisement

शशांकको सपोर्ट पाउने दाबी
नेता कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका शंशाकको सपोर्ट आफूलाई हुने दाबी गरे । सम्पादकसँगको छलफलमा सहभागी भएका कांग्रेसका युवा नेता चन्द्र भण्डारीले संस्थापन इतरमध्येबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका चार जनामध्ये दुई जनालाई सहमतिमा ल्याइएको दाबी गरे । अब बाँकी दुईमध्येबाट एक जना मात्रै सर्वसम्मत उम्मेदवारी दिने गरी अघि बढेका छांै,’ नेता भण्डारीले भने ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top