NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको पक्षमा छैनन् ओली

मङ्लबार मंसिर २१ , २०७८
Reading Time: 1 min read
A A
प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको पक्षमा छैनन् ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ मंसिर, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेकाहुन् ।

मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए । उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गरे । अनि कसरी उहाँहरुबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ? उनको प्रश्न थियो ।

Advertisement

अध्यक्ष ओलीले भने, ‘थेउरिटीकल्ली तपाईहरुको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तव मात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन । तपाईहरुको भनाईसँग हाम्रो भनाई के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो–न्यायालय न स्वच्छ रहयो न निष्पक्ष । स्वच्छ पनि रहेन । निष्पक्ष पनि रहेन । यहाँहरुले अलिकति स्वच्छताको पक्षमा चाँही कुरा उठाउने भो । निष्पक्षताको कुरा चाँही अलि उठेन कि जस्तो लाग्छ । अव आफै पनि अधिवक्ता भएको हुनाले अप्ठ्यारो भएको होकि ? तर न्यायालयको मर्मको कुरा के हो भने स्वच्छता र निष्पक्षता । यदि दुईटा मर्यादामा न्यायालय अडन सकेन भने त्यसले न्यायिक मर्म समाउन सक्दैन । र यसमा भयंकर ल्याप्सेस छ । न्याय क्षेत्र एक ढंगले भन्ने हो भने ध्वस्त भएको छ । न्याय ध्वस्त भएको छ । हामी चाहन्छौं–यस स्थितिबाट न्यायलयलाई साँच्चैको स्वच्छ र निष्पक्षता बनाउनु पर्छ । हामीले स्वतन्त्र न्यायालको थुप्रै कुरा ग¥यौं । निकै कुरा ग¥यौं । यदि त्यसमा निष्पक्षता भएन । यदि त्यसमा स्वच्छता भएन । यदि त्यसमा न्यायिक मन भएन । न्यायिक अभिप्राय भएन भने त्यो स्वतन्त्रता दूरुपयोग भएर अहिलेको अवस्था आउँछ । अहिलेको अवस्था किन आयो भन्दाखेरी न्यायालय स्वतन्त्र, बोल्न पनि नपाउने भन्न पनि नपाउनृे, जे गरेपनि हुने भएपछि त अव स्वतन्त्रताको दूरुपयोग भयो । त्यसो भएर न्यायिक स्वतन्त्रताको सदूपयोग हुनुप¥यो । सदुपयोग हुने स्थिति हुनुप¥यो । र साँच्चै न्याय स्वतन्त्र हुनुप¥यो । र न्याय मूर्तिहरु निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनु प¥यो । र स्वच्छ हुनुप¥यो । नैतिकता भएको हुनुप¥यो । यसका निम्ति मैले अस्ति बोल्दा पनि भनेको थिए–क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अण्डा मन्साएर, धरो चढाएर त्यसको उपचार हुँदैन । तपाईहरुको थुप्रै कुराहरु जायज छन । कुनै एउटा कुरा प्रस्थान विन्दु हुन सक्दछ । प्रस्थान विन्दु होइन नि अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थान विन्दु होईन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार हुन्छ भन्ने होईन । त्यसका अनेक लक्षण देखिएका छन । म पूराना फैसलातिर जान चाहन्न । फैसला कसरी भएको रहेछ भन्ने कुरो एक जना राजनीतिक नेताले भन्नु भो–तपाईहरुले असाधारण गुण लगाउनु भएको छ । त्यो गुण बिर्सिदैनौं, तिर्छौं । तिर्दैं पनि आउनु भएको छ । तत्काल त मान, पदवी, विभुषण, अलंकारबाटै सुरु भयो नि । पछि लेनदेनका कुराहरु भए । एउटा कुरा चाँही प्रधानन्यायाधीशज्यू, तपाईहरुले यति गर्दा किन राजीनामा गर्दिन भनेर बस्नु भएको छ ? उहाँलाई राम्ररी थाहा छ–जसलाई उहाँले, संसदले प्रधानमन्त्री बनाउनुपर्ने ठाउँमा ककसले के बहस गर्नु भयो, त्यो छोडदिऊ है, अहिले । मैले विर्सिएको छु, त्यो । संसदले हो प्रधानमन्त्री बनाउने, फेर्ने भन्ने कुरा । संसदलाई थाहा पनि भएन प्रधानमन्त्री हेरफेर भएको कुरा । कमसेकम संसदमा त फर्काउनु पथ्र्यौैं होला नि त । त्यो पनि भएन । संसदमा आएन । संसदले प्रधानमन्त्री हटाएको पनि थाहा पाएन । संसदले जननिर्वाचित र जनताले त्यही अभिभार दिएर पठाएको हो नि संसदलाई । सरकार निर्माण गर्ने र परिवर्तन गर्ने । त्यो कुरा संसदले थाहा पनि पाएन । प्रधानमन्त्री हटेको पनि थाहा पाएन । नियुक्त भएको पनि थाहा पाएन । परमादेशबाट प्रधानमन्त्री नियुक्ती कसरी भएछ ? एक जना श्रीमानले अमेरिकाबाट इमेल गर्नु भो–जुन इमेल सर्वोच्चमा वाचन भो । न्यायाधीशहरुको ग्यादरिङमा वाचन भो । पछि वितरण गरेको कागज फिर्ता ल्याइयो । करेक्सन गरिगरिकन वाचन गरियो । र के भनियो भने केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन मिल्दैन थियो । त्यसकारण आउन अफ द संविधान गएर हटाउनु प¥यो । फैसलाकर्ता श्रीमाले भन्नु भयो । फैसला त पूर्व रहेछ नि । त्यहाँ त बैधानिकता दिएको रहेछ । फैसला त लेखेर सुनाउने काम भएको रहेछ त्यहाँ । केपी ओलीलाई नहटाई नहुने थियो । हटाउनै पथ्र्यौं । संविधानले हटाउन दिँदैन थियो । त्यसकारण आउन अफ द संविधान गएर हटाउनु प¥यो । एक जना वरिष्ठ अधिवक्ताले भन्नु भो–हामीले न्यायाधीश हटाईहटाई, अर्को न्यायाधीश राखिराखि फैसला तिम्रो पक्षमा पारिदिएको अहिले गुण लगाउनु पर्दैन तिमीले ? पोलिटिकल पार्टीलाई भनेको । अव कुरो त आयो । श्रीमान्को कुरो पनि आयो । वरिष्ठ अधिवक्ताको कुरो पनि आयो । अव त्यसपछि अर्को एउटा लक्षण । सर्वोच्चका न्यायाधीशहरु बस्नु भयो । अर्को चाँही एक पक्षका वकीलहरु बस्नु भयो । र अवका मुद्धा के–के गर्ने भनेर तय गर्नु भयो । प्रधानन्यायाधीशको राजीनामा काण्ड त्यहाँबाट सुरु भयो । राजीनामा गराउने, त्यसपछि भएको नियुक्त यसोयसो गर्ने । जुडिस्यरी त्यसरी जान्छ । मत स्वतन्त्र न्यायालयका लागि विनासित्ति झिंगामुसा नमारी डाका मुद्धामा १४ वर्ष जेल बसेर आएको मान्छे हुँ । सबै अदालतको फैसला मैले देखेको छु, न्याय देखेको छु । न्याय चिनेको छु मैले । र अव हामी लड्यौ किन ? मैले जागिर खाएको होईन । मैले लोकतन्त्रका लागि संघर्ष गरेको हो । अव यस स्थितिमा मैले भनेको के हो भने–सेटिङ के–के कुरामा भए ? प्रधानन्यायाधीश किन राजीनामा दिन तयार हुनुहुन्न ? बस्तुका लेनदेन भएकि, पदका लेनदेन भएकी । अरु केकेका लेनदेन भए ? अव हामी त देख्दैनौ नि । अव सर्पको खुट्टा सर्पले देख्छ । श्रीमानजीहरुले भनेपछि न हामीले थाहा पायौं, लेनदेन भएको रहेछ । एउटा कुरा के हो भने लेनलेदन भएको होईन–नेपाली काँग्रेसको कोटाबाट काँग्रेस बाहेकको राजनीतिक नेताले भन्नु भयो–यो काँग्रेसको कोटाबाट उहाँलाई नियुक्त गरेको हो । प्रधानन्यायाधीशसँग कुनै लेनदेन भएको छैन । अव महाअभियोग वरिष्ठ अधिवक्ताजीहरु, बारका अध्यक्षजीहरु, सर्वोच्च बारका अध्यक्षजीहरु, तपाईहरुको महाअभियोग दर्ता हुन्छ कसरी ? दर्तै हुँदैन महाअभियोग । भनिराख्नु भएको छ त–श्रीमान चोलेन्द्रजीको कुनै गल्ती छैन । उहाँले त काँग्रेसको मान्छे पो । काँग्रेसको प्रधानमन्त्रीले आफ्नो मान्छे, आफ्नो कार्यकर्ता नियुक्त ग¥यो । सम्माननीय प्रधानमन्त्री त्यहीँ भनिरहनु भएको छ–चोलेन्द्र शमशेरजीले त होईन । त्यो त हाम्रो कार्यकर्ता, हामीले नियुक्त गरेको । उहाँले किन राजीनामा गर्नु भयो फेरी ।उहाँले किन राजीनामा गर्नु भयो, थिएन भने त । तसर्थ, म चाहन्छु–साँच्चै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, न्यायिक मर्यादासहितको स्वच्छ न्यायालय बनाऔं । हामी सबै मिलेर । पहिलो कुरा तपाईहरु मनदेखि ।’

अदालतसँग कुनै लेनदेन गरेको छैन

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताए । उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दावी समेत गरे । अध्यक्ष ओलीले भने, ‘मैले कसैले डिफेन्स गर्नु पनि छैन, विरोध गर्नुपनि छैन । म कुनै व्यक्तिको लागि जीवन समर्पण गरेर आएको मान्छे पनि होईन । मलाई केही लिनुदिनु छैन । तर लोकतान्त्रिक मूल्यमान्यता हुनुप¥यो । न्यायिक मान्यता हुनु प¥यो । कुनकुन बस्तुका कस्ताकस्ता लेनदेन भए ? अहिलेको रिफ्लेक्सन पाँच दलीय गठबन्धनको लिगल रिफ्लेक्शन हो । म संक्षिप्तमा भन्न चाहन्छु– न्यायालयलाई तत्काल सच्याएर लैजाने सम्भावना पनि मैले देखिरहेको छैन । किनभने यसलाई सच्याएर लैजान तपाईहामी कति तयार छौं त ? चोलेन्द्र शमशरेले राजीनामा दिँदैमा वा महाअभियोग लगाउँदैमा त्यो सच्याउने कुराको सुरुवात भए त ठिकै हुन्थ्यो । तर त्यो त सच्याउने कुराको सुरुवात होईन ।’

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पारे ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.