×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको पक्षमा छैनन् ओली

२१ मंसिर २०७८

२१ मंसिर, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेकाहुन् ।

Advertisement
Advertisement

मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए । उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गरे । अनि कसरी उहाँहरुबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ? उनको प्रश्न थियो ।

अध्यक्ष ओलीले भने, ‘थेउरिटीकल्ली तपाईहरुको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तव मात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन । तपाईहरुको भनाईसँग हाम्रो भनाई के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो–न्यायालय न स्वच्छ रहयो न निष्पक्ष । स्वच्छ पनि रहेन । निष्पक्ष पनि रहेन । यहाँहरुले अलिकति स्वच्छताको पक्षमा चाँही कुरा उठाउने भो । निष्पक्षताको कुरा चाँही अलि उठेन कि जस्तो लाग्छ । अव आफै पनि अधिवक्ता भएको हुनाले अप्ठ्यारो भएको होकि ? तर न्यायालयको मर्मको कुरा के हो भने स्वच्छता र निष्पक्षता । यदि दुईटा मर्यादामा न्यायालय अडन सकेन भने त्यसले न्यायिक मर्म समाउन सक्दैन । र यसमा भयंकर ल्याप्सेस छ । न्याय क्षेत्र एक ढंगले भन्ने हो भने ध्वस्त भएको छ । न्याय ध्वस्त भएको छ । हामी चाहन्छौं–यस स्थितिबाट न्यायलयलाई साँच्चैको स्वच्छ र निष्पक्षता बनाउनु पर्छ । हामीले स्वतन्त्र न्यायालको थुप्रै कुरा ग¥यौं । निकै कुरा ग¥यौं । यदि त्यसमा निष्पक्षता भएन । यदि त्यसमा स्वच्छता भएन । यदि त्यसमा न्यायिक मन भएन । न्यायिक अभिप्राय भएन भने त्यो स्वतन्त्रता दूरुपयोग भएर अहिलेको अवस्था आउँछ । अहिलेको अवस्था किन आयो भन्दाखेरी न्यायालय स्वतन्त्र, बोल्न पनि नपाउने भन्न पनि नपाउनृे, जे गरेपनि हुने भएपछि त अव स्वतन्त्रताको दूरुपयोग भयो । त्यसो भएर न्यायिक स्वतन्त्रताको सदूपयोग हुनुप¥यो । सदुपयोग हुने स्थिति हुनुप¥यो । र साँच्चै न्याय स्वतन्त्र हुनुप¥यो । र न्याय मूर्तिहरु निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनु प¥यो । र स्वच्छ हुनुप¥यो । नैतिकता भएको हुनुप¥यो । यसका निम्ति मैले अस्ति बोल्दा पनि भनेको थिए–क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अण्डा मन्साएर, धरो चढाएर त्यसको उपचार हुँदैन । तपाईहरुको थुप्रै कुराहरु जायज छन । कुनै एउटा कुरा प्रस्थान विन्दु हुन सक्दछ । प्रस्थान विन्दु होइन नि अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थान विन्दु होईन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार हुन्छ भन्ने होईन । त्यसका अनेक लक्षण देखिएका छन । म पूराना फैसलातिर जान चाहन्न । फैसला कसरी भएको रहेछ भन्ने कुरो एक जना राजनीतिक नेताले भन्नु भो–तपाईहरुले असाधारण गुण लगाउनु भएको छ । त्यो गुण बिर्सिदैनौं, तिर्छौं । तिर्दैं पनि आउनु भएको छ । तत्काल त मान, पदवी, विभुषण, अलंकारबाटै सुरु भयो नि । पछि लेनदेनका कुराहरु भए । एउटा कुरा चाँही प्रधानन्यायाधीशज्यू, तपाईहरुले यति गर्दा किन राजीनामा गर्दिन भनेर बस्नु भएको छ ? उहाँलाई राम्ररी थाहा छ–जसलाई उहाँले, संसदले प्रधानमन्त्री बनाउनुपर्ने ठाउँमा ककसले के बहस गर्नु भयो, त्यो छोडदिऊ है, अहिले । मैले विर्सिएको छु, त्यो । संसदले हो प्रधानमन्त्री बनाउने, फेर्ने भन्ने कुरा । संसदलाई थाहा पनि भएन प्रधानमन्त्री हेरफेर भएको कुरा । कमसेकम संसदमा त फर्काउनु पथ्र्यौैं होला नि त । त्यो पनि भएन । संसदमा आएन । संसदले प्रधानमन्त्री हटाएको पनि थाहा पाएन । संसदले जननिर्वाचित र जनताले त्यही अभिभार दिएर पठाएको हो नि संसदलाई । सरकार निर्माण गर्ने र परिवर्तन गर्ने । त्यो कुरा संसदले थाहा पनि पाएन । प्रधानमन्त्री हटेको पनि थाहा पाएन । नियुक्त भएको पनि थाहा पाएन । परमादेशबाट प्रधानमन्त्री नियुक्ती कसरी भएछ ? एक जना श्रीमानले अमेरिकाबाट इमेल गर्नु भो–जुन इमेल सर्वोच्चमा वाचन भो । न्यायाधीशहरुको ग्यादरिङमा वाचन भो । पछि वितरण गरेको कागज फिर्ता ल्याइयो । करेक्सन गरिगरिकन वाचन गरियो । र के भनियो भने केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन मिल्दैन थियो । त्यसकारण आउन अफ द संविधान गएर हटाउनु प¥यो । फैसलाकर्ता श्रीमाले भन्नु भयो । फैसला त पूर्व रहेछ नि । त्यहाँ त बैधानिकता दिएको रहेछ । फैसला त लेखेर सुनाउने काम भएको रहेछ त्यहाँ । केपी ओलीलाई नहटाई नहुने थियो । हटाउनै पथ्र्यौं । संविधानले हटाउन दिँदैन थियो । त्यसकारण आउन अफ द संविधान गएर हटाउनु प¥यो । एक जना वरिष्ठ अधिवक्ताले भन्नु भो–हामीले न्यायाधीश हटाईहटाई, अर्को न्यायाधीश राखिराखि फैसला तिम्रो पक्षमा पारिदिएको अहिले गुण लगाउनु पर्दैन तिमीले ? पोलिटिकल पार्टीलाई भनेको । अव कुरो त आयो । श्रीमान्को कुरो पनि आयो । वरिष्ठ अधिवक्ताको कुरो पनि आयो । अव त्यसपछि अर्को एउटा लक्षण । सर्वोच्चका न्यायाधीशहरु बस्नु भयो । अर्को चाँही एक पक्षका वकीलहरु बस्नु भयो । र अवका मुद्धा के–के गर्ने भनेर तय गर्नु भयो । प्रधानन्यायाधीशको राजीनामा काण्ड त्यहाँबाट सुरु भयो । राजीनामा गराउने, त्यसपछि भएको नियुक्त यसोयसो गर्ने । जुडिस्यरी त्यसरी जान्छ । मत स्वतन्त्र न्यायालयका लागि विनासित्ति झिंगामुसा नमारी डाका मुद्धामा १४ वर्ष जेल बसेर आएको मान्छे हुँ । सबै अदालतको फैसला मैले देखेको छु, न्याय देखेको छु । न्याय चिनेको छु मैले । र अव हामी लड्यौ किन ? मैले जागिर खाएको होईन । मैले लोकतन्त्रका लागि संघर्ष गरेको हो । अव यस स्थितिमा मैले भनेको के हो भने–सेटिङ के–के कुरामा भए ? प्रधानन्यायाधीश किन राजीनामा दिन तयार हुनुहुन्न ? बस्तुका लेनदेन भएकि, पदका लेनदेन भएकी । अरु केकेका लेनदेन भए ? अव हामी त देख्दैनौ नि । अव सर्पको खुट्टा सर्पले देख्छ । श्रीमानजीहरुले भनेपछि न हामीले थाहा पायौं, लेनदेन भएको रहेछ । एउटा कुरा के हो भने लेनलेदन भएको होईन–नेपाली काँग्रेसको कोटाबाट काँग्रेस बाहेकको राजनीतिक नेताले भन्नु भयो–यो काँग्रेसको कोटाबाट उहाँलाई नियुक्त गरेको हो । प्रधानन्यायाधीशसँग कुनै लेनदेन भएको छैन । अव महाअभियोग वरिष्ठ अधिवक्ताजीहरु, बारका अध्यक्षजीहरु, सर्वोच्च बारका अध्यक्षजीहरु, तपाईहरुको महाअभियोग दर्ता हुन्छ कसरी ? दर्तै हुँदैन महाअभियोग । भनिराख्नु भएको छ त–श्रीमान चोलेन्द्रजीको कुनै गल्ती छैन । उहाँले त काँग्रेसको मान्छे पो । काँग्रेसको प्रधानमन्त्रीले आफ्नो मान्छे, आफ्नो कार्यकर्ता नियुक्त ग¥यो । सम्माननीय प्रधानमन्त्री त्यहीँ भनिरहनु भएको छ–चोलेन्द्र शमशेरजीले त होईन । त्यो त हाम्रो कार्यकर्ता, हामीले नियुक्त गरेको । उहाँले किन राजीनामा गर्नु भयो फेरी ।उहाँले किन राजीनामा गर्नु भयो, थिएन भने त । तसर्थ, म चाहन्छु–साँच्चै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, न्यायिक मर्यादासहितको स्वच्छ न्यायालय बनाऔं । हामी सबै मिलेर । पहिलो कुरा तपाईहरु मनदेखि ।’

अदालतसँग कुनै लेनदेन गरेको छैन

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताए । उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दावी समेत गरे । अध्यक्ष ओलीले भने, ‘मैले कसैले डिफेन्स गर्नु पनि छैन, विरोध गर्नुपनि छैन । म कुनै व्यक्तिको लागि जीवन समर्पण गरेर आएको मान्छे पनि होईन । मलाई केही लिनुदिनु छैन । तर लोकतान्त्रिक मूल्यमान्यता हुनुप¥यो । न्यायिक मान्यता हुनु प¥यो । कुनकुन बस्तुका कस्ताकस्ता लेनदेन भए ? अहिलेको रिफ्लेक्सन पाँच दलीय गठबन्धनको लिगल रिफ्लेक्शन हो । म संक्षिप्तमा भन्न चाहन्छु– न्यायालयलाई तत्काल सच्याएर लैजाने सम्भावना पनि मैले देखिरहेको छैन । किनभने यसलाई सच्याएर लैजान तपाईहामी कति तयार छौं त ? चोलेन्द्र शमशरेले राजीनामा दिँदैमा वा महाअभियोग लगाउँदैमा त्यो सच्याउने कुराको सुरुवात भए त ठिकै हुन्थ्यो । तर त्यो त सच्याउने कुराको सुरुवात होईन ।’

Advertisement

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पारे ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top