भित्र सभापतिको उम्मेदार छान्न कांग्रेस नेताको बैठक, बाहिर युवाको प्रदर्शन

२१ मंसिर, काठमाडाैँ ।

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिदैँ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरुले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकतावद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरुले प्रदर्शन गरेको बताए । नेताहरुले त्याग गरेर भएपनि पार्टीलाई एकतावद्ध बनाएर अगाडी लानुको विकल्प नभएको उनको भनाई छ । उनले भने – ‘पार्टी सभापतिदेखि सबैमा एकताको प्रयास गर्नु छ । कांग्रेसलाई सकेसम्म एकतावद्ध बनाएर यो महाधिवेशनमा एकताको महाधिवेशनको रुपमा अगाडी बढाउनुस् भन्ने हाम्रो चाहानाले आज हामी यहाँ उपस्थित भएका हौँ । देशभरीका कार्यकर्ताको एकतावद्ध होस् भन्ने चाहाना छ । त्यसलाई मनन गरेर उहाँहरुले त्याग पनि गर्न सक्नुपर्छ । र एकतावद्ध बनाएर अगाडी लानुको विकल्प छैन ।’

युवा नेताहरुले एकता मात्रै जितको आधार हो, साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने, नेताहरु मिल्नुस्, कांग्रेस जोगाउनुस्, कांग्रेस जोगाउने कि कुर्सी ? लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै सो प्लेकार्डहरु बैठकमा उपस्थित भएका नेताहरुलाई हस्तान्तरण गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top