शशांक कोइरालाले रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाड्ने

२१ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दाबी छाडेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका हुन् ।

बैठकमा कोइरालाले भने – रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ ।

त्यसअघि वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । पाैडेलले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेर जवाफ दिएकाे कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् ।

अहिले नेताहरुकाे छलफल सकिएकाे छ । अर्काे बैठक भाेली बिहान ९ बजे बस्ने भएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top