×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिल: ओली

२२ मंसिर २०७८

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारीसहित अधिवक्ताहरुलाई मंगलबार बालकोटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताउनुभयो ।

Advertisement
Advertisement

उहाँले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय सच्चिने अवस्था नरहेको भन्दै जबरालाई मात्रै महाअभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले क्यान्सरको उपचार कुखुरा, अण्डा मन्साएर र धजो बाँधेर नहुने टिप्पणी गर्नुभयो ।

५ दलीय गठबन्धनलाई गुन लगाएका कारण अहिले प्रधानन्यायाधीश राणा राजीनामा नदिई बसेको पनि ओलीले टिप्पणी गर्नुभयो । ओलीले प्रधानन्यायाधीशमाथि महाअभियोग नै लगाउनुपर्ने अवस्था भए पहिला सत्तारूढ गठबन्धनले प्रस्ताव ल्याउनपर्ने तर त्यो सम्भावना नदेखिएको बताउनुभयो ।

उहाँहरुले प्रस्ताव ल्याए हामी छलफल गरेर निष्कर्ष निकाल्छौं भन्दै ओलीले न्याय क्षेत्र सुधारका लागि सबै दल गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । न्याय क्षेत्र ध्वस्त भएको बताउँदै उहाँले स्वतन्त्र न्यायालयको निकै कुरा गरिएको तर निष्पक्षता र स्वच्छता भएन भने त्यो स्वतन्त्रता दुरुपयोग भएर अहिलेको अवस्था आउँछ भन्नुभयो ।

अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले न्यायालय शुद्धीकरणका सन्दर्भमा उठाएको माग २५ प्रतिशत मात्रै रहेको टिप्पणी गर्दै यसलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग राखी आन्दोलित बार पदाधिकारीलाई ओलीले परमादेशको फैसला गर्ने सबै न्यायाधीशसमेत दोषीको भागिदार हुने संकेत गर्नुभयो ।बारसँग ओलीले आफ्नो पुरानै अडान दोहो-याएर भन्नुभयो– ‘महाभियोग लगाउने भए असार २८ मा भएको फैसला गर्ने सबै न्यायाधीशलाई महाभियोग लगाउनुपर्छ ।’

उहाँले दोहोरो चरित्र भएका नेताहरुले दिएको आश्वासनमा विश्वास नगर्न भन्दै एमालेसँग महाअभियोग संसद्बाट पास गर्न दुई तिहाइ नभएको उल्लेख गर्नुभयो । न्यायालयप्रति बोल्न नपाउँदा र अदालत कसैप्रति जिम्मेवार हुन नपर्दा यस्तो स्थिति आएको बताउँदै उहाँले पछिल्लो समय अदालतले सबैतिर सन्तुलन मिलाउने काम मात्र गरेको बताउनुभयो ।प्रधानमन्त्री हटेको र नियुक्त भएको कुरा संसद्ले थाहा नपाएको उल्लेख गर्दै ओलीले संसद् विघटन उल्टाउने फैसला पहिले नै तयार पारी लेखेर सुनाउने काम भएको बताउनुभयो ।

Advertisement

न्यायायललाई तत्काल सच्चाएर लैजान सक्ने स्थिति पनि म देखिरहेको छैन भन्दै राजनीतिक दल, न्यायाधीश र वकिलहरु पनि सच्चिनु आवश्यक रहेको बताउनुभयो ।‘प्रधानन्यायाधीश राणाको बहिर्गमन म जटिल देख्छु’, ओलीले भन्नुभयो– ‘उता चोलेन्द्रजी भनिरहनुभएको छ म संवैधानिक बाटोबाट आएकाले बाहिरिन्न यता प्रधानमन्त्री शेरबहादुरजी गुन लगाउनेलाई कसरी महाअभियोग लगाउने, अनि कसरी सम्भव छ महाअभियोग ।’,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top