आफ्नो पक्षबाट पदाधिकारी छान्न देउवाले बोलाए बैठक

२२ मंसिर, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि पदाधिकारी छान्न आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।

देउवा निकट एक नेताका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ।

Advertisement

बैठकबाट देउवाले आफ्नो प्यानलबाट पदाधिकारी छनौट गर्ने  जनाइएको छ।  ‘हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर सम्भवत: भोलि बिहान नै निर्णय हुन्छ होला,’ एक नेताले भने।

२४ गतेबाट सुरु हुने कांग्रेस महाधिवेशनमा पदाधिकारीका लागि देउवा समूह भित्र आकांक्षा राख्नेहरुको संख्या धेरै छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top