संस्थापन पक्षबाट मेरो नाम काटिएकाे छ, बुढानिलकण्ठ जान्न : निधि

२२ मंसिर, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्न बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधि अनुपस्थित भएका छन्।

देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार बिहान संस्थापन पक्षको केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बोलाइएको छ। बैठकमा संस्थापन पक्षबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका बिषयमा छलफल हुने बताइएको छ।

Advertisement

सभापतिका आकांक्षी निधिले संस्थापन पक्षबाट आफ्नो नाम काटिएकाले नजाने बताएका छन्। उनले भने, ‘संस्थापन पक्षबाट मेरो नाम काटिसकिएको छ। बुढानिलकण्ठ म जाने कुरा भएन।’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनमा आफूलाई सभापतिका लागि सघाउन पनि पटक पटकको आग्रह गर्दै आएका छन्। नेता निधिले भने, ‘प्रतिष्प्रधात्मक बाट भयो भने मेरो पक्ष बलियो छ। यदी सहमतिबाट जाने सल्लाह भयो भने त्यो पनि ठीकै छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top