Nepal Times
Nepal Times
3
Shares

भायनेट र चाइना कम्युनिकेसन बीच इन्टरनेट विस्तारका लागि समझदारी

भायनेट र चाइना कम्युनिकेसन बीच इन्टरनेट विस्तारका लागि समझदारी

२२ मंसिर, काठमाडौँ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स प्रा. लि. ले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा दुरुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने भायनेटले जनाएको छ ।

चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने गर्दछ । सीसीएससँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ ।

भायनेट उत्कृष्ट डिजिटल अनुभव मार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागि परेको भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले बताएका छन् ।

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

भायनेट कम्युनिकेसन्स प्रा.लि. नेपालको अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायक मध्ये एक मानिन्छ । सन् १९९९ मा स्थापित, भायनेटले २०११ देखि नेपालमा ग्राहकहरूलाई उच्च गतिको विश्व स्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट सेवाको सुरुवात गरेको थियो । चाइना कम्युनिकेसन्स सर्भिसेसको नेपालमा उपस्थिति सन् २०१० बाट सुरु भएको थियो । अहिले यसले एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.