×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

प्रकाशमान र शेखर मध्ये एक साझा उम्मेदवार बन्न सक्ने

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका छन् । बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाव दिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले बताए । उनले आफू अन्तिम निस्कर्षको बाटोतर्फ उन्मुख भएको बताउँदै आज बेलुकासम्म निर्णय गर्ने बताए । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको जानकारी समेत दिए । नेता केसीले भने, ‘हामी करिव अन्तिम निस्कर्षको बाटोतिर उन्मुख छौँ । अहिले जितेका कमसेकम ३२ जना जिल्ला सभापतिहरुसँग बसेर कुराकानी गर्दा विभिन्न सुझाव आएका छन् । ती सुझावहरुलाई लिएर ३ बजे फेरि बैठक बस्छौँ । त्यसपछि बेलुकासम्म निर्णय गर्दछौँ ।’

Advertisement
Advertisement

इतर समूहले जिते कोमामा पुगेको कांग्रेस फर्किन्छः जगदीश्वर नरसिंह केसी
त्यस्तै नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले वरिष्ठ नेता पौडेल र शशांक कोइरालाई साझा उम्मेदवार तोक्न दबाव दिएको बताए । उनले संस्थापन इतर समूह विचार र सिद्धान्तको समूह भएकोले बिपीको विचार र आर्दशमा रहेर अघि बढ्ने बताए ।

उनले संस्थापन इतर समूहले जितेमा कोमामा पुगेको नेपाली कांग्रेस फर्किने बताए । नेता केसीले भने, ‘हामीले आफ्ना आफ्ना सुझाव दिएका छौँ । रामचन्द्र दाई र शशांक दाईले प्रकाश दाई र शेखर दाईले मिलेर आउनुहुन्छ भने उहाँहरु दुईजना मध्ये एउटालाई उम्मेदवार बन्नुस् भन्नुभएको छ । एउटा विधि बनाएर आज ३÷४ बजेसम्ममा यो उम्मेदवार हो हाम्रो भनेर एउटा उम्मेदवार तोकेर पठाउनुस्, त्यो उम्मेदवारलाई युद्धस्तरमा लागेर जिताउनका लागि हामी लाग्छौँ । यो समूह भनेको विचार समूह हो । यसले बिपी कोईरालाले प्रतिपादन गर्नुभएको विचार, आदर्श, निष्ठालाई बचाउन सक्ने समूह यो हो । यो समूहलाई जिताएमा कोमामा पुगेको काँग्रेसलाई फर्काएर ल्याउन सकिन्छ । अन्यथा नेपाली काँग्रेस पार्टी चलेपनि विचार, आस्था, निष्ठा र बिपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजावदका विचिन्तनहरु अहिले शुन्य अवस्थामा छ, त्यसकारण जसरी हुन्छ आज बेलुका ४ बजेसम्म नेताहरुबाट नै अन्तरिम छलफल गरेर टुंग्याउनुस् भन्ने हाम्रो सुझाव छ ।’

संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन बैठक दिउँसो ३ बजे पुनः बोलाइएको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top