सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन सकिँदैनः अर्थमन्त्री

२२ मंसिर, काठमाडाैँ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताए ।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताए। आयातलाई पनि निरन्तरता दिदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह गरे। अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाए । उनले भने, ‘सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन । व्यवसायी यो विषयमा चिन्तित बन्नु पर्दैन । सरकारले प्रतिबन्ध होइन् । स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउने काम गर्ने छ । अहिले आयातमा प्रतिबन्ध लगाउन सकिन्न, विभिन्न ऐन कानूनले पनि दिँदैन, तर स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाएर आयात कम गराउन सकिन्छ । सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीको लागि सबै सुविधा तथा छुट दिन तयार रहेको छ। विद्युत् र श्रम शक्ति अहिले नेपालको सबैभन्दा बलियो स्रोत हो । विद्युत र श्रम शक्तिलाई नाडाले उपभोग गर्नुपर्छ । सरकारले नीतिगत अस्थिरता हटाउन तयार छ । त्यसको लागि अटो व्यवसायी तयारी हुनुपर्छ । विद्युतीय चार्जिङ स्टेसन बनाउनमा सरकारले जोड दिइरहेको छ । अब सबै पेट्रोल पम्पलाई विद्युतीय चार्जिङ स्टेसनमा बदल्नुपर्छ । त्यसको सहज प्रविधि पनि विकसित भइसकेको छ ।’

अर्थशास्त्र जानेको छैन् तर कुन बाटो हिड्ने थाहा छ

अर्थमन्त्री शर्माले आफू मैले अर्थशास्त्र जानेको मान्छे नभए पनि देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताए । देश सम्पन्न र आत्मनिर्भर नभइ जनताले सेवा सुविधा नपाउने मन्त्री शर्माले जिकिर गरे ।

राजस्व तिर्न नाडा पहिलो नम्बरमा

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताए । उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्रलाई बलियो बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नु पर्ने बताए । उपाध्यक्ष ढकालले भने, ‘सरकारले अर्थतन्त्र गतिशिल बनाउनको लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्न सक्नु पर्छ । परिर्वतन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । यसरी परम्परागत नीतिगत व्यवस्था परिर्वतन गर्दा केहीले विमती हुन्छ । सरकारले नीतिगत छलफल गर्दा सरोकारवाला निकायसँग छलफल गर्नुपर्छ ।’

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा आज र भोली दुई दिनसम्म हुनेछ । सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top