×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

२३ मंसिर २०७८

२३ मंसिर, काठमाडाैँ ।

नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।

Advertisement
Advertisement

गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।

यसअघि कोभिड–१९ को सङ्क्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ ।

गृहप्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिए । उनले नयाँ केसको विषयमा सिसिएसमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताए ।

अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसको सङ्क्रमणमा गति उच्च रहेकाले सङ्क्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

सङ्क्रमित दुई नागरिक सङ्क्रमणमुक्त भइसकेका र उनीहरुको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कोभिड–१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो । शुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ ।

त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । जोखिम भएका मुुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाल सरकार गृहमन्त्रालयको निर्देशनअनुसार सबै प्रहरी एकाइमा परिपत्र जारी गरी आवश्यक सतर्कता अपनाउन र मापदण्ड पालना गराउने सन्दर्भमा ध्यान दिन निर्देशन दिइसकिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनिवार्य मास्क प्रयोग गर्ने, दुई मिटर दूरी कायम गर्ने र राम्ररी साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्दा पनि नयाँ भेरियन्ट सङ्क्रमण रोक्न सकिने विज्ञबाट जानकारी आएको तर यसको अझै अध्ययन हुन बाँकी रहेको बताउँछन् । “अहिलेसम्मको पुष्टि भएको आधारमा यसअघि अपनाइएका मापदण्ड र खोप कार्यक्रम नै प्रभावकारी छ, हामीले त्यसलाई नै ध्यान दिनुपर्छ”, डा.अधिकारीले भने ।

स्वास्थ्य विज्ञ डा.विवेककुमार लाल खोप लिएर सुरक्षित हुन आग्रह गर्छन् । “नयाँ कोरोना भाइरस ओमिक्रोन सङ्क्रमण रोक्न के गर्ने, खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा सबैमा छ, अहिलेसम्मको अध्ययनले खोप प्रभावकारी नै छ”, डा.लालले भने, “विज्ञको सिफारिस भनेको नै जनस्वास्थ्यका सबै मापदण्ड र उपलब्ध भएका खोपलाई निरन्तरता दिनु भरपर्दो र सुरक्षित उपाय हो ।”

प्राप्त विवरणअनुसार हालसम्म विश्वमा २६ करोड ५७ लाख बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । अमेरिका र युरोपपछि दक्षिण पूर्वी एसियाली क्षेत्र कोरोनाबाट बढी प्रभावित छ । हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपालमा भने ५४ लाखभन्दा बढीमा परीक्षण गर्दा नौ लाख १९ हजारमा सङ्क्रमण भएको तथ्याङ्क छ । अहिलेसम्म ११ हजार ५४७ को मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणदर १७ दशमलव ६ प्रतिशत छ । प्रति १० लाखमा ३८० को मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले बताए । केही शहरी क्षेत्रमा बढी सङ्क्रमित रहेका पनि उनले जानकारी दिए ।

Advertisement

– नारायण ढुङ्गाना/ रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top