ओमिक्रोन संक्रमण विरुद्ध फाइजरको बुस्टर डोज प्रभावकारी देखिएको प्रारम्भिक नतिजा

२३ मंसिर, एजेन्सी ।

जर्मन कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना विरुद्धको खोपको बुस्टर डोज हालै भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‌ओमिक्रोनका लागि प्रभावकारी देखिएको छ ।

ओमिक्रोन संक्रमणबाट बच्न दुई मात्रा खोप मात्रै प्रभावकारी नहुन सक्ने तर बुस्टरका रुपमा तेस्रो मात्रा लगाएपछि भने थप प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।

ओमिक्रोन यस पहिले देखिएका अन्य भेरियन्ट भन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ । साथै यसका थुप्रै म्युटेसनले खोपले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर रहेको छ ।

ओमिक्रोनका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन । हिजो प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले आफ्नो खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुने दावी गरेका छन् ।

कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् । खोप लगाएका मानिसहरूको रगतको सिरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार ओमिक्रोन विरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा अर्थात् बुस्टर डोज आवश्यक भएको बताइएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top