Nepal Times
Nepal Times
3
Shares

विल्सन विक्रम राईलाई पुत्रीलाभ

विल्सन विक्रम राईलाई पुत्रीलाभ

२३ मंसिर, काठमाडौं ।

हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मिएपछि खुशी बाँड्दै विल्सनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भो मलाई छोरीको बाबु र मेरो जिवनसाथी लाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु। मेरो छोरी सभ्यता बि राई स्वागत शुभ आशिर्वाद !’

विल्सनका अनुसार छोरीको तौल ३ केजीको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् ।  नेपाली हास्य क्षेत्रमा ‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सनको चर्चा चुलिएको थियो ।

यो सिरियलमा उनी ‘तक्मे बुढा’को नामबाट परिचित भएका हुन् । यसपछि उनले केही चलचित्रमा पनि काम गरे । विल्सन पछिल्लो केही समयदेखि भने झापामा घरायसी जीवनमा नै बढी व्यस्त देखिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.