वायु प्रदूषणको असर सुर्तीको भन्दा पनि बढी

२३ मंसिर, काठमाडाैँ ।
पछिल्लो समय विश्वमा विभिन्न देशहरु बायु प्रदूषणबाट प्रभावित हुदै आएका छन् । पछिल्ला केही वर्ष यता छिमेकी राष्ट्र भारत तथा चीनका केही सहरहरु उच्च वायु प्रदूषणको शिकार हुदै आएका छन् । यस वर्षको चिसो मौसम सुरु हुदैयता दिल्लीमा फेरि वायु प्रदूषण उच्च तहमा पुगेको छ ।

प्रदूषणकै कारण सर्वसाधारणलाई घर बाहिर निस्किन बन्देज गरियो भने विद्यालयहरु केही साताका लागि बन्द गरियो । यो वायु प्रदूषण मानवीय जीवनका लागि घातक हुने भएकाले नै यसविरुद्ध सर्वसाधारणलाई बचाउन दिल्ली सरकारले यस्तो प्रवन्ध गरेको हो । दिल्लीमा घर, भवन बाहिर मात्र होइन दिल्लीका घर र भवनभित्र पनि अत्यधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला स्थानमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ। तर धेरै मानिसहरूले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउन इच्छा जाहेर नगरेको प्रतिवेदनमा उल्लेख छ। दिल्ली संसारको सबैभन्दा प्रदूषित राजधानीको सूचीमा नियमित रूपमा शीर्ष स्थानमा रहँदै आएको छ।

नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो। तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको छ। भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको छ । तर यो दिल्लीको मात्रै समस्या भने होइन । चिसोयाम सुरु भएसँगै विश्वमा मानवीय लापरवाहीले प्रदूषण बढ्ने चिन्ता विश्वव्यापीरुपमा देखा पर्न थालेको छ । फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्। वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ।

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ। यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धूमपानभन्दा बढी हो। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन्। र अध्ययनकर्ताहरूले वायु प्रदूषणका कारण हुने मृत्युको सङ्ख्या धूमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन्। विभिन्न अध्ययनमा मानवसिर्जित वायु प्रदूषण र प्राकृतिक वायु प्रदूषणको विश्लेषण गरिएको छ। प्राकृतिक वायु प्रदूषण हावामा धुलो उड्ने वा आगलागीका कारण हुने गर्छ। उनीहरूका अनुसार वायु प्रदूषणका कारण असामायिक निधन हुनेहरूमध्ये ७५ प्रतिशत मानिस ६० वर्षमाथिका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top